हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत कार्यालयको संख्या १८० कायम गर्ने तथा हाल कायम चार हजार ८१४ दरबन्दीलाई घटाएर चार हजार ६८० कायम गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै ओएनएम सर्वेक्षणका लागि आवश्यक खाका स्वीकृत गरिएको र त्यसअनुसार १३४ दरबन्दी घट्ने जानकारी दिए ।
बैठकले बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि सदस्य सचिवदेखि कार्यालय सहयोगीसम्म २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । समितिको काम सम्पन्न भएपछि ती अस्थायी दरबन्दी स्वतः समाप्त हुने व्यवस्था गरिएको मन्त्री केसीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश वन सेवा केन्द्रका प्रमुख एवं ११औँ तहका कर्मचारी निरञ्जन श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता केसीले जानकारी दिए ।
सम्बन्धित समाचार
कृष्णभीरको पहिरोपछि बीपी राजमार्गमा सवारी चाप बढ्यो, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह
…अनि भेटियो सुरुङभित्र जीवन
भोटेकोशी बाढी: ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’मा जुटे ४२१ पालिका






