नेपालगन्ज । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा पांग्रा खुस्किएपछि दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिपट्टिको दायाँ पांग्रा खुस्किएपछि दुर्घटना भएको हो।
पांग्रा खुस्किएपछि जहाज केही पर उछिट्टिएको प्रहरीले जनाएको छ। नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहान ८:२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
पाइलटले तत्काल इन्जिन बन्द गरेपछि आगलागीबाट जहाज जोगिएको छ। दुर्घटनाका कारण जहाज अहिले पनि रनवेमै रहेको छ। प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन।
तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)
सम्बन्धित समाचार
९ लाख घुससहित नापी अधिकृत अख्तियारको नियन्त्रणमा
त्रिपुरेश्वरमा बसे जलेपछि राेकियाे राहदानी छपाइ र वितरण
त्रिपुरेश्वर बस आगलागी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन
प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
सशस्त्र प्रहरीमा ठूलो संख्यामा खुल्यो नयाँ भर्ना
रोलिङ नेक्सस २३औँ वर्षमा प्रवेश, मानव संसाधन क्षेत्रमा सेवा विस्तार






