देउवा समूहले महाधिवेशनका लागि तोक्यो मतदान अधिकृत

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले १५औं महाधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतलाई पत्र पठाउँदै सम्बन्धित जिल्लामा पार्टी संयोजक तथा अन्य पदाधिकारीसँग समन्वय गरी काम गर्न निर्देशन समेत दिएको छ ।

एगराज पोखरेलको नेतृत्वमा रहेको निर्वाचन समितिमा रुपेश कोइराला, डा. विनिता कार्की, अमितकुमार कर्ण, अनिता शर्मा सदस्य रहेका छन् भने सदस्य सचिवमा अमृत कार्की छन् ।

कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा जिल्ला तहमा निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन समितिले यस्तो पत्र पठाएको हो।

देशभर खटायो केन्द्रीय प्रतिनिधि
देउवाको समूहले १५ औं महाधिवेशनका लागि देशभर केन्द्रीय प्रतिनिधिहरू फिल्डमा खटाएको छ । देउवा समूहले २१–२३ मंसिरमा हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।

महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशका ७६ जिल्लामा संयोजकहरू पनि तोकिसकेका छन् । महाधिवेशनका लागि गठन गरिएको कोइराला संयोजकत्वको महाधिवेशन तयारी समितिका अनुसार १५ असोजमा वडा अधिवेशन हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डकीमा १८ जनाको मृत्यु, ४ बेपत्ता