काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेस प्रदेशमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको हो ।
बाढी, पहिरो लगायतका विपद्मा परी ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार २ सय ८४ जनाको उद्दार गरिएको छ ।
यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–१२ चन्द्रसिंह चोक बस्ने २७ वर्षीय अर्जुन सुनारलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८५ ट्याब्लेट र भोमिन ८५ ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-१२ हर्कपुर बस्ने २८ वर्षीय संजय क्षेत्रीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात संजयलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-७ गैरी बस्ने ३३ वर्षीया पार्वती घर्तीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३५ ट्याब्लेट, ऐनारागन २ सय ३७ ट्याब्लेट र नगद ५ हजार ७ सय ५० रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले पार्वतीको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–१९ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ जे गाउँ बस्ने २७ वर्षीय राजन सिंह र ३४ वर्षीय मनोज देवार रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
९ लाख घुससहित नापी अधिकृत अख्तियारको नियन्त्रणमा
त्रिपुरेश्वरमा बसे जलेपछि राेकियाे राहदानी छपाइ र वितरण
त्रिपुरेश्वर बस आगलागी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन
प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
अवतरण गर्दा पांग्रा खुस्किएपछि सीता एयरको जहाज दुर्घटना
आज राति ८ बजेदेखि भाेलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द
च्यासलस्थित एमाले कार्यालय क्षेत्र पुगे गृहमन्त्री गुरुङ






