३ जना मृत अवस्थामा भेटिए

काठमाडौं । छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा प्रहरीले फेला पारेको छ । काठमाडौं, नवलपरासी र सुर्खेतमा ती मृतक फेला परेका हुन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ परियारटोल बस्ने रोल्पा माडी गाउँपालिका(२ घर भएका ३० वर्षीय ओम प्रकाश घर्ती मगर आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ त्रिवेणी टोल बस्ने दैलेख भैरवी गाउँपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण अधिकारी सोही नगरपालिका-३ त्रिवेणी टोलस्थित नालामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्व, देवचुली नगरपालिका-१२ गैडी बस्ने ६७ वर्षीय दिल बहादुर पुलामी मगर सोही नगरपालिका-११ पृथ्वीनगरस्थित कुलोको कल्भर्टमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

३ जना मृत अवस्थामा भेटिए