काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६१३ दशमलव ३३ मा पुगेको छ । यो शून्य दशमलव ६२ प्रतिशतको गिरावट हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३४ अङ्कले घटेर ४६७ दशमलव ६७ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ११ अङ्कले घटेर १८० दशमलव शून्य सात मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४८ अङ्कले घटेर १५७ दशमलव ८८ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर रु पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये व्यापार शून्य दशमलव २३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको मूल्य घटेको छ ।
आज ४९ कम्पनीको सेयर बढ्दा २२४ घटेका छन् भने छ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् । नेप्सेका अनुसार केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर, प्राइम बैंक डिबेञ्चर लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।
सम्बन्धित समाचार
निर्देशनविपरीत बचत तथा ऋण कारोबारमा सहकारी संघ
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी
१०० अर्ब डलरको लक्ष्यसहित पाण्डेको पुस्तक सार्वजनिक
शेयर बजारमा उछाल, एकै दिन ४८ अंकले बढ्यो नेप्से
राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीहरूद्वारा १५ लाख ७४ हजार बढी सहयोग
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
चालु आवको दुई महिना : सरकारको आम्दानीभन्दा खर्च नौ अर्बले बढी
आजको विदेशी मुद्राको विनिमयदर : कमजोर बन्यो अमेरिकी डलर, चिनियाँ युआन, थाई भाट र जापानी येन




