शेयर बजारमा उछाल, एकै दिन ४८ अंकले बढ्यो नेप्से

काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०६३ ल्याएपछि शेयर बजारमा उछाल आएको छ ।आज नेपाल स्टक एक्सचेञ्ज नेप्से एकै दिन ४८.५७ अंकले बढेर बन्द भएको छ ।

नेप्से आज १.८७ प्रतिशतले बढेर २६३३.२६ विन्दुमा पुगेको छ ।आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज एकै दिन ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर कारोबार भएको छ ।

आज बजार बन्द हुँदा २६५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३४७ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ८६९ पटक शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली जारी