कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन भएर २१ गते भृकुटीमण्डपमा समापन हुनेछ ।

कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया जारी छ।

भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ। यस’bout निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले उक्त परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने निर्णय सार्वजनिक गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उद्घाटन समारोहको मिति, समय र स्थान’bout जानकारी गराइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

जसपा नेपालका पूर्व रौतहट अध्यक्ष यादवले छाडे पार्टी