काठमाडौं । लामो समयको विश्रामपछि अभिनेत्री रेखा थापा अभिनय क्षेत्रमा फर्किएकी छन् । रेखा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।
सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति तोकिएको हो ।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रले प्रदर्शन मिति तय गरेसँगै यसको प्रचारप्रसारलाई समेत गति दिने तयारी निर्माण पक्षको छ । घटस्थापनाका दिन चलचित्रको पहिलो गीत सार्वजनिक गरिने भएको छ ।
निर्देशक श्रेष्ठले निर्देशन गरेको ‘३६ को आँकडा’ को कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ । चलचित्रमा रेखा थापा र पूजा शर्मालाई फरक भूमिकामा प्रस्तुत गरिएको छ ।
चलचित्रमा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ । सिनेमामा रेखाको जोडीका रूपमा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने पूजासँग अभिनेता पुष्प खड्का फिचर हुनेछन् ।
‘३६ को आँकडा’ मार्फत रेखा र निरुता सिंहले पनि लामो समयपछि सहकार्यलाई गरेका छन् । यी दुईले यसअघि चलचित्र ‘दुई पल’मा सँगै अभिनय गरेका थिए । निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’, ‘कसले चोर्यो मेरो मन’ जस्ता चलचित्रमा सहकार्य गरेका छन् ।
सम्बन्धित समाचार
निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक
बालबालिकासम्बन्धी दुईवटा रियालिटी शो एक साथ सुरु हुँदै
चौंथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, गायक मोतिराज खनाल सम्मानित
चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच
अनमोल केसीको ‘बाटुलो जून’ दसैंमा नआउने
कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’





