फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन

रौतहट । नीम करौली बाबाको जीवनमा आधारित फिल्म ‘हनुमान अंश’ पछिल्लो समय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरिरहेको छ । करिब २ करोड रुपैयाँको सामान्य बजेटमा निर्माण भएको यो फिल्मले अहिले ठूला बजेटका फिल्मलाई समेत कमाइमा पछाडि पारिरहेको छ ।

७ अगस्टमा सिनेमाघरमा रिलिज भएको फिल्मले प्रदर्शनको ४१औँ दिनसम्म पनि आफ्नो कमाइको गति कायम राखेको छ । सप्ताहन्तमा मात्र नभई कार्यदिनमा समेत फिल्मले दर्शक तान्न सफल भइरहेको जनाइएको छ ।

शोभिनव सत्य अभिनीत यो फिल्म नीम करौली बाबाको जीवनमा आधारित रहेको छ । फिल्मको सुरुवाती व्यापार भने निकै कमजोर थियो । पहिलो साता ‘हनुमान अंश’ले जम्मा १ करोड ८ लाख रुपैयाँको व्यापार गरेको थियो ।

दोस्रो सातामा पनि फिल्मको व्यापार ओरालो लाग्यो । उक्त अवधिमा फिल्मले करिब ४० लाख रुपैयाँ मात्रै कमाउन सकेको थियो । त्यसपछि भने फिल्मको व्यापारमा अप्रत्याशित उछाल आएको हो ।

तेस्रो सातामा फिल्मले १० करोड ४० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको बताइएको छ । चौथो सातामा पनि यसको व्यापार ६१ करोड रुपैयाँभन्दा माथि पुगेको दाबी गरिएको छ ।

प्रदर्शनको ४१औँ दिनमा समेत फिल्मले उत्साहजनक व्यापार गरेको छ । भारतीय बक्स अफिससम्बन्धी तथ्यांक सार्वजनिक गर्ने सैकनिल्कको रिपोर्टअनुसार ४१औँ दिनमा ‘हनुमान अंश’ले करिब ४ करोड ८ लाख रुपैयाँ कमाएको छ ।

सामान्य बजेटमा निर्माण भएको फिल्मले लामो समयसम्म हलमा दर्शक तान्दै निरन्तर कमाइ गरिरहनुलाई चलचित्र क्षेत्रमा अप्रत्याशित सफलताका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिममा असोज संक्रान्तिलाई बुढी पोल्ने पर्वको रूपमा मनाइँदै