काठमाडौं । अनमोल केसी र प्रिज्मा खतिवडा अभिनित चलचित्र ‘बाटुलो जून’ दसैैंमा नआउने भएको छ । दसैंमा ठूला ब्यानरका चारवटा चलचित्र एकसाथ भिड्ने भएकाले अर्को पनि थपिँदा हलको पर्दा बाँडफाँटमा समस्या हुने भन्दै निर्देशक भुवन केसीले चलचित्रको नयाँ मिति सार्वजनिक गरेका छन् ।
अब ‘बाटुलो जून’ आगामी कात्तिक २६ गते रिलिज हुने भएको छ । आगामी दसैंमा समिर भट्टको ‘१२ गाउँ २’, पल शाहको ‘आबाट आमा २’, दीपकराज गिरीको ‘छ माया छपक्कै २’ र दयाहाङ राई अभिनिति ‘कबड्डी ५’ रिलिज हुने भएपछि भुवन केसीले ‘बाटुलो जून’ को मिति पछि सारेका हुन् ।
‘अन्तत: हामीले चलचित्र बाटुलो जूनको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका छौं । यसअघि दसैँको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दसैँमा अन्य चार चलचित्र पनि प्रदर्शनमा आउने र थप अर्को चलचित्र पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ । भिडेर जान भन्दा पनि मिलेर जानमा नेपाली चलचित्र उद्योगको भलाइ छ,’ भुवन केसीले भनेका छन् ।
सम्बन्धित समाचार
नयाँ पुस्ताले सम्झिए योगेश वैद्य
प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह
विपद्को पीडामा खल्लो बन्दै तीज
महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक
बालबालिकासम्बन्धी दुईवटा रियालिटी शो एक साथ सुरु हुँदै
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच
चलचित्र चंगुलको ट्रेलर रिलिज






