काठमाडौं । १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘श्रीराम’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै शब्द तथा स्वरमा तयार भएको भजन डिआर म्युजिक क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।
भजनमा भक्ति, आध्यात्मिक चेतना र सामाजिक सन्देशलाई समेटिएको छ । सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको भजनको भिडियो खेमनाथ खनालले निर्देशन गर्नुभएको हो । भिडियोमा डा. उपाध्यायसँगै सुनिता खनाल तथा पारिवारिक सदस्यहरूको अभिनय छ ।
डा. उपाध्यायको गत साता मात्र ‘श्रीकृष्ण’ भजन सार्वजनिक भएको थियो । गीत-संगीतमा निरन्तर सक्रिय उहाँका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन् । उहाँका गीतमा प्रेम, समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम तथा सामाजिक चेतनालगायत विविध विषय समेटिएका छन् ।
सिर्जनात्मक प्रयोगमार्फत विभिन्न विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डलगायत विभिन्न संस्थाबाट १५३ वटा विश्व रेकर्डका प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उहाँका १७ बढी उपान्यास, कवितासंग्रह र अन्त कृति पनि पाठकमाझ आएका छन् ।
पछिल्लो समय आध्यात्मिक तथा भक्तिमूलक सिर्जनातर्फ समेत सक्रिय डा. उपाध्यायले ‘श्रीराम’लाई आफ्नो सिर्जनात्मक यात्राको पछिल्लो कडीका रूपमा प्रस्तुत गर्नुभएको छ ।
सम्बन्धित समाचार
निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक
बालबालिकासम्बन्धी दुईवटा रियालिटी शो एक साथ सुरु हुँदै
चौंथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, गायक मोतिराज खनाल सम्मानित
चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन
चलचित्र चंगुलको ट्रेलर रिलिज
अनमोल केसीको ‘बाटुलो जून’ दसैंमा नआउने
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने





