दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च वितरण

धनगढी । धनगढी उपमहानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च वितरण गरेको छ ।

उपमहानगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत वडा नम्बर १६ स्थित श्री बेहडाबाबा माध्यमिक विद्यालयलाई ५० सेट र वडा नम्बर १८ स्थित श्री चन्द्रोदय माध्यमिक विद्यालयलाई ३८ सेट डेस्क–बेन्च वितरण गरेको हो ।

उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकाससँगै शिक्षकलाई तालिमलगायतका कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।

उनका अनुसार विद्यालयको आवश्यकता पहिचान गरी डेस्क–बेन्च वितरणलगायतका सहयोगलाई निरन्तरता दिइनेछ ।

डेस्क–बेन्च बुझ्दै चन्द्रोदय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालले शिक्षालाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको भन्दै त्यसअनुसार स्थानीय तहले शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए ।

उपप्रमुख रानाले आगामी दिनमा पनि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, शिक्षक तालिमलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण