धनगढी । कैलालीमा कुकुरको मासु भन्दै बिक्री–वितरण गरेको आरोपमा एक जना ६५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ का सुरेश नेपालीलाई कुकुरको मासु बिक्रीका लागि काटेर राखेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुकुरको मासु बिक्री–वितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नेपालीलाई नियन्त्रणमा लिएको थियो ।
तर, बरामद गरिएको मासु कुकुरकै हो वा अन्य कुनै जनावरको भन्ने पुष्टि भइसकेको छैन । प्रहरीले मासुको नमुना प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरेको जनाएको छ । प्रयोगशाला परीक्षणपछि मात्रै मासुको वास्तविक स्रोत खुल्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेपालीलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ । घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिममा सुरक्षा संयन्त्र तयारी अवस्थामा
जासुसीमा एआईको बढ्दो प्रयोग : मानिसको पहिचान पत्ता लगाउनेदेखि डेटिङ ठगीमा प्रयोगसम्म
भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
शुक्रबार घटेको सुन–चाँदीको भाउ आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु






