कांग्रेस महाधिवेशनमा बेलायतवाट प्रतिनिधित्व गर्नेको नागरिकता छानबिन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट प्रस्तावित तथा निर्वाचित भनिएका केही महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको नागरिकता तथा राहदानीसम्बन्धी विवरण छानबिन गर्न माग गर्दै नेपाली कांग्रेस निर्वाचन समितिमा उजुरी परेको छ।

निर्वाचन समितिलाई सम्बोधन गर्दै पेश गरिएको उजुरीमा बेलायतको नागरिकता वा विदेशी पासपोर्ट धारण गरेको भनिएका व्यक्तिहरूको सम्बन्धमा आधिकारिक कागजातका आधारमा आवश्यक छानबिन गरी उनीहरूको पार्टीको प्रतिनिधित्वसम्बन्धी योग्यता यकिन गर्न माग गरिएको छ।

उजुरीमा महाधिवेशन प्रतिनिधिका रूपमा प्रस्तावित व्यक्तिहरूमा शेरबहादुर सुनार, महेश दाहाल, युवराज सिंह, विश्वआदर्श पण्डित, लोक गुरुङ, कोपिला सुब्बा, रितेश पाण्डे, प्रताप खरेल, कमला तामाङ र राजेन्द्र सुवेदीको नाम उल्लेख गरिएको छ।

त्यस्तै, महासमिति सदस्यका रूपमा प्रस्तावित व्यक्तिहरूमा विश्वआदर्श पण्डित, शेरबहादुर सुनार, महेश दाहाल, खुसी लिम्बु, कोपिला सुब्बा र आरके त्रिपाठीको नाम राखिएको छ।

उजुरीकर्ताले उल्लेखित व्यक्तिहरूमध्ये कसैले विदेशी नागरिकता वा पासपोर्ट धारण गरेको पुष्टि भएमा नेपाली कांग्रेसको विधान तथा लागू निर्वाचनसम्बन्धी प्रावधानअनुसार उनीहरूको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको योग्यता पुनरावलोकन गर्न माग गरेका छन्।

उजुरीमा विदेशी नागरिकता वा पासपोर्टसम्बन्धी विवरण आधिकारिक कागजातबाट छानबिन गर्न, पुष्टि भएमा सम्बन्धित व्यक्तिको योग्यता पुनरावलोकन गर्न तथा आवश्यक देखिएमा नाम रद्द गरी वैधानिक प्रक्रिया अघि बढाउन माग गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय