काठमाडौं । मनाङ हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव भेटिएको छ । हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जानकारी दिएको छ ।
आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी राखेको थियो । एसोसिएसनले शेर्पालाई उद्धृत गर्दै चार शव फेला परेको जनाएको छ । यससँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ ।
९ असोजदेखि प्रतिकूल बनेको मौसमले यस हिमालमा हिम पहिरो निम्त्याएको थियो । हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा जोड
गाईमाथि खुँडा प्रहार गरेको आरोपमा २ जना पक्राउ
भोटेकोशी बाढीपछि उठ्यो जलवायु न्यायको प्रश्न
त्रिपुरेश्वरमा बसे जलेपछि राेकियाे राहदानी छपाइ र वितरण
रिल्स बनाउन रोक्दा नवविवाहिताद्वारा माइती बोलाएर श्रीमानको हत्या !
नारायणी पुलमा अड्किएको क्रुज पन्छाउने प्रयास जारी
मनाङमा हिम पहिरोः ४ जनाको निधन, १२ जना अझै बेपत्ता
अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा




