अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध घूस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंैमा आज आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउने कार्यका लागि वलीले सेवाग्राहीलाई दुःख, हैरानी तथा सास्ती दिई घूस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो । सो सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले नापी अधिकृत वलीलाई घूस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

घटना’bout थप अनुसन्धान गर्दा वलीले सेवाग्राहीसँग १० लाख रुपैयाँ घूस माग गरी लिएको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगले वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै १० लाख रुपैयाँ बिगो कायम गरेको छ ।

सो बिगोबमोजिम जरिवाना तथा सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजायको मागदाबी गर्दै आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर