काठमाडौं । जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् खगेन्द्र सुनारले एक महिलाको नाँगो तस्बिर खिचेर मोटो रकमको मागसहित धम्कीपूर्ण र अश्लील गाली गरेको फोन टेप सार्वजनिक को छ । दोस्रो फोन टेप सार्वजनिक भएपछि राजनीतिक र सामाजिक वृत्तमा नयाँ तरंग फैलिएको छ ।
पहिलो फोन टेप सार्वनिक भएपछि उनी आबद्ध राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक कार्यक्रममा सहभागी हुन सुनारलाई रोक लगाएको छ ।
सुनारले आफ्नी प्रेमिका बागमती प्रदेशकी पूर्वमन्त्रीलाई ‘मारेर रगत पिउने’ भन्दै धम्की दिएको अडियो जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । त्यसपछि आज (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्धका प्रचार कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधिको प्रयोग गरेर बनाइएको बताएका थिए ।
रास्वपा सांसद सुनारले आज एक भिडियो सार्वजनिक गर्दै भनेका थिए, ‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन् । एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’
लगतै जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले रास्वपा सांसद् खगेन्द्र सुनारसँग सम्बन्धित विवादित अडियो कृत्रिम बुद्धिमत्ता (एआई) बाट निर्माण गरिएको भन्ने आरोपप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका थिए ।
सांसद् सुनारले ढिलो गरी मंगलबार उक्त अडियो एआईबाट निर्माण गरिएको आरोप लगाएपछि श्रेष्ठले फेसबुकमार्फत जवाफ फर्काएका थिए । श्रेष्ठले आफ्नो पोस्टमा ‘काल्पनिक पात्र’को समेत चरित्रहत्या गर्न सकिने, मुख्यमन्त्रीले व्यक्तिगत सुरक्षा अधिकृतमार्फत गराएको भनिएको दोहोरो प्रमाणीकरणसम्बन्धी प्रतिक्रिया’bout कृत्रिम बुद्धिमत्ता मौन रहने र छवटा बैंकका ४८० पृष्ठका विवरणसमेत तयार पार्न सक्ने भन्दै व्यङ्ग्य गरेका छन् ।
उनले लेखेका छन्, ‘अनि काल्पनिक पात्रको समेत चरित्रहत्या गर्न मिल्ने रहेछ रु मुख्यमन्त्रीले पिएसओबाट गराएको क्रस भेरिफिकेसनसम्बन्धी प्रतिक्रिया’bout त झन् एआईले केही बोल्दै नबोल्ने रहेछ ।’
त्यसलगत्तै जनआस्थाले यो एआई नै हो त माननीयज्यू ? शीर्षकमा अर्का एक अडियोसमेत सार्वजनिक गरेको हो ।
सम्बन्धित समाचार
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै
कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
कांग्रेस महाधिवेशनमा जानेले सवारी साधन कहाँ कहाँ पार्किङ गर्ने ?
सरकार ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन्ः रवि लामिछाने
झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा*
कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो
पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैन: अध्यक्ष ओली
स्थानीय तह निर्वाचनमा १५ अर्ब रुपैयाँको स्रोत आवश्यक






