काठमाडौं । पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भाेलि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थाेरै स्थान तथा पहाडी भूभाग एक-दुई स्थानमा मध्यमसम्मकाे वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। वर्षाको सम्भावनालाई ध्यानमा राख्दै कृषि कार्यमा संलग्न तथा सम्बन्धित निकायलाई पछिल्लो मौसम सूचना र पूर्वानुमान’bout नियमित जानकारी लिन महाशाखाले अनुरोध गरिएकाे छ।
नेपालबाट मनसुन बाहिरिए पनि स्थानीय वायुका कारण हल्का वर्षा भने हुनेछ ।
सम्बन्धित समाचार
कैलालीमा विद्यालयमै जातीय विभेद गरेको आरोपमा तीन शिक्षक पक्राउ
भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
तीन महिनापछि सुदूरपश्चिममा आयो ३७ अर्ब ७० करोडको बजेट
बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
संसदमा नयाँ भवन ऐन दर्ता, गरिब तथा विपन्न नागरिकलाई ७५ हजार रुपैयाँसम्म आवास अनुदान प्रस्ताव
दसैँका लागि काठमाडौं उपत्यकाबाट घर फर्किन थाले यात्रु
संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु






