काठमाडौं । यस बर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपौयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह साउन महिनाको तुलनमा ६ अर्ब रुपैयाँले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको साउन महिनामा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष ०८३–०८४ को दुई महिनामा रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्ष भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको भदौसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा
आज अमेरिकी डलर सर्वाधिक महँगो, १ अमेरिकी डलर किन्न तिर्नुपर्छ १५५ रुपैयाँ १६ पैसा
बैंक तथा वित्तीय संस्थाद्वारा बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ धन्दा, नेपाल राष्ट्र बैंक लाचार !
मुद्दा खेपिरहेका प्रभु बैंकका सिइओ पदमै
प्रभु बैंकमा आफ्नै विनियमावलीको धज्जी






