लगातार घटेको सुन चाँदीको मूल्य आज बढ्यो

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ ।

हिजो बिहीबार तोलामा एक हजार १०० रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार ७०० रूपैयाँ बढेको हो । जसअनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला दुई लाख ८८ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी चार हजार ३५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार प्रतितोला चार हजार ३५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ११५ रूपैयाँ बढेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरी दिवसमा गृहमन्त्री गुरुङले भने– ‘राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन’