स्कुटर दुर्घटनामा पोखरामा युवकको मृत्यु

पोखरा । पोखराको न्युरोडमा गएराति स्कुटर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१, नौडाँडा घर भई हाल पोखरा लेकसाइड निवासी २८ वर्षीय आशीष कुँवरको मृत्यु भएको हो ।

चिप्लेढुंगाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई राति २ बजेर ५० मिनेटमा दुर्घटना भएको हो । स्कुटरको पछाडि सवार आशीष कुँवरको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा बिहान ५ बजेर ३० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनी पर्यटन व्यवसायीसमेत हुन् ।

स्कुटर चालक स्याङ्जाको आँधिखोला–२, चिलाउनेबास घर भई हाल पोखरा न्यूरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटा हुन् ।

दुर्घटनापछि प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा लिएर घटना’bout थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले बताए । स्कुटर डिभाइडरमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

बकैया नदीमा 'जियोब्याग’ तटबन्धले दर्जनौँ गाउँ डुबानबाट सुरक्षित