रौतहट । रौतहटको बकैया नदीमा आधुनिक प्रविधि र जैविक इन्जिनियरिङ (बायो–इन्जिनियरिङ) को माध्यमबाट निर्माण गरिएको तटबन्धका कारण रौतहटका विभिन्न स्थानीय पालिकाहरू ठूलो डुबान र कटानको जोखिमबाट जोगिएका छन्।
विशेष गरी रौतहटको परोहा नगरपालिका वडा नम्बर ४, तेजापाकड गाउँको किनारमा बकैया नदीको कटान नियन्त्रणका लागि निर्माण गरिएको नवीन प्रकृतिको बाँधले यस वर्ष ’roundका दर्जनौँ गाउँहरूलाई सुरक्षित राख्न सफल भएको हो। बकैया नदीमा आएको बाढीलाई यो बाँधले रोकेपछि रौतहटको परोहा, राजपुर र ईशनाथ नगरपालिकाका तल्लो तटीय क्षेत्रमा रहेका दर्जनौँ बस्तीहरू डुबानबाट जोगिएका हुन्।
राम जानकी सामुदाय विपद् व्यवस्थापन तथा जलवायु उत्थाशिल समितिका अध्यक्ष राम प्रवेश यादवका अनुसार उक्त ६७ मिटर लामो अत्याधुनिक तटबन्ध निर्माणका लागि १७ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्रोस्पर ग्लोबलको आर्थिक तथा प्राविधिक सहयोग एवं आसमान नेपालको स्थानीय समन्वयमा करिब दुई महिना अगाडि यो बाँध निर्माण कार्य सम्पन्न गरिएको थियो।
उक्त क्षेत्रबाट हरेक बर्ष बकैया नदीको बाढी पसेर सयौ बिगाह खेतको धानबाली नष्ट गदै आएको थियो ।
राम जानकी सामुदाय विपद् व्यवस्थापन तथा जलवायु उत्थाशिल समिति, प्रोस्पर ग्लोबल र आसमान नेपालका प्राविधिकहरूको प्रत्यक्ष रेखदेखमा यो बाँध वैज्ञानिक पद्धतिबाट निर्माण गरिएको हो।
६० देखि ८० मिमिको बाँसलाई ८ फिट जमिनमुनि रहने गरी जग गाडिएको छ। ३०० जीएसएम (न्क्ः) क्षमताको भारी जियोटेक्स्टाइल ब्यागमा बकैया नदीकै २०१.४ घनमिटर बालुवा भरेर उच्च बलियो नायलन धागोले सिलाई कुल १,६७८ वटा जियोब्यागहरू आकर्षक ढंगले मिलाएर राखिएको समाजिक परिचालक राकेश पण्डितले बताए । ती ब्यागहरूलाई बाँसको पाइलसँग सुरक्षित राख्न युभी–स्टेबलाइज्ड ब्रेडेड पोलिप्रोपाइलिन डोरीले बाँधिएको छ भने माटोलाई बगाउन नदिन ढलानको भागमा कुल १,३४० वटा जरा भएका रैथाने वेटिभर घाँसका टुक्राहरू रोपेर जैविक सुदृढीकरण समाजिक परिचालक पंडितको भनाइ छ ।
परोहा नगरपालिकाका विपद् व्यवस्थापन समितिका फोकल पर्सन तथा योजना प्रमुख अब्दुल रअब अंसारीले यो प्रविधि निकै प्रभावकारी साबित भएको बताएका छन ।
अन्सारीको अनुसार बकैया नदीको बाढीले परोहा, राजपुर र ईशनाथका तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँहरू सधैँ डुबानको चपेटामा पर्ने गरेका थिए। प्रोस्पर ग्लोबल र स्थानीय समुदायको सक्रियतामा निर्मित यो जियोब्याग बाँधले यसपटक ठूलो विपद् टारेको उनको भनाइ छ । कम लागतमा स्थानीय सामग्रीको प्रयोग गरी बलियो तटबन्ध बनाउने यो मोडल आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रमा पनि विस्तार गर्न नगरपालिकाले आवश्यक योजना बनाउने समेत अंसारीले बताए ।
त्यस्तै, स्थानीय तेजापाकडबासी रिना देवी पासवानले विगतको कष्ट सम्झँदै भन्नुभयो, “विगतमा थोरै पानी पर्दा पनि हाम्रो बस्तीमा बाढी पसेर बालबच्चा र चौपाया जोगाउनै गाह्रो हुन्थ्यो। राति सुत्ने बेलामा पनि सधैँ डरैडरमा बस्नुपथ्र्यो। यसपालि यो नयाँ बाँध बनेकाले हाम्रो घरभित्र पानी पसेन, हामी ढुक्कसँग बस्न पायौँ।“ सोही क्षेत्रका स्थानीय किसान आबिद हुसेनले पनि यो नयाँ प्रविधिको बाँध बनेपछि यसपालि आफ्नो खेत र गाउँ दुवै सुरक्षित रहेको र किसानहरूका लागि यो बाँध बरदान साबित भएको बताइन ।
तटबन्ध निर्माणमा स्थानीय स्तरमा सहजीकरण गरेको समन्वय संस्था आसमान नेपालका कार्यक्रम संयोजक डोरेन्द्र बस्नेतले विपद् व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता र आधुनिक प्रविधिको फ्युजन कति प्रभावकारी हुन्छ भन्ने उदाहरण यो तटबन्धले देखाएको बताएका छन ।
मुख्य दातृ निकाय प्रोस्पर ग्लोबलका कार्यक्रम संयोजक संजित श्रेष्ठले परियोजनाको दिगोपन’bout प्रष्ट पार्दै जैविक इन्जिनियरिङ अन्तर्गत वेटिभर घाँसको प्रयोग गरेर बाँधलाई प्राकृतिक रूपमै बलियो बनाइएको जानकारी दिएका छन । वातावरणमैत्री र कम खर्चिलो यो प्रविधि आगामी दिनमा अन्य बाढी प्रभावित क्षेत्रका लागिसमेत उदाहरणीय बन्ने देखिएको कार्यक्रम संयोजक श्रेष्ठको भनाइ छ । सो क्षेत्रको मंगलबार रौतहट,पर्सा,सर्लाही,धनुषा र सप्तरीका संचारकर्मीहरुले अवलोकन गरेका थिए ।
सम्बन्धित समाचार
एउटै टोलका ३ सदा परिवारको झुपडीमा छैन दशैको रौनक
मृत घोषित भइसक्दा पनि झाँक्रीकै शरणमा
शिक्षाविद् रोशनले तयार गरे गाउँको विकासको खाका
रोजेको स्थानमा अनुमति नपाउँदा अन्यौलमा प्रथम सप्तरी एक्सपो २०८३
पचास वर्षदेखि तरकारी तथा फलफूल व्यवसायीद्वारा निरन्तर अष्टयाम
गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ
गोलबजारका तत्कालीन मेयर साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सय मिटर पहिरोले एक महिनादेखि राजमार्ग अवरुद्ध






