सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३०० रुपैयाँ बढेदा चाँदी ५० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुन दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ९३० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र असली चाँदी तीन हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

स्थापनाको ३०औँ वर्षमा आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य