बर्दियाको बढैयाताल कोरोनाको हटस्पट बन्दै, आरडीटीको भरमा घर पठाइएकामा देखियो कोरोना 

बर्दिया । पछिल्लो समयमा बर्दियाको बढैयाताल कोरोनाको हटस्पट बन्दै गएको छ । बढैयाताल गाउँपालिकामा अहिलेसम्म ४६ जना कोरोना संक्रमित देखिएका छन् । बुधबार एकै दिए बढैयाताल गाउँपालिकाको वडा नं १ र २ मा गरि २६ जनामा कोरोना पुष्टि भएको छ । यसअघि बढैयातालमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको थिए ।

बुधबार कोरोना पुष्टि भएका २६ जना सबै आरडीटी परीक्षण गरेर घर पठाइएका व्यक्ति हुन् । उनीहरुलाई जेठ २९ गते क्वारेन्टाइनमा आरडीटी परीक्षण गरि घर पठाइएको थियो । पीसीआर परीक्षण गर्न दबाब बढेपछि स्थानिय तहले जेठ ३१ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

भेरी अञ्चल अस्पतालले बुधबार निकालेको रिपोर्टमा उनीहरुमा कोरोना संक्रमण देखिएको जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताए । घर पठाइएकाहरुमा कोरोना देखिएपछि संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जिल्लामा त्रास छाएको छ । बुधबार संक्रमण देखिएका सबै बढैयाताल गाउँपालिका वडा नं १ र २ का हुन् ।

कोरोना संक्रमण देखिएपछि प्रशासनले बढैयातालको वडा नं १ र २ लाई पूर्णरुपमा शिल गरेको छ । त्यहाँ आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी भइरहेको बताइएको छ । कन्ट्रयाक्ट ट्रेसिङ गरि सबैको पीसीआर परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी बर्दियाका बुधबार बासगढी नगरपालिकामा ४ जना र राजापुरमा एक जना कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४१ पुगेको छ । संक्रमित सबैलाई आइशोलेसनमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते