काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले हालै पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्रीको कार्यालय र सचिवालयको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारेकी छिन । उनले एक जानकारी जारी गर्दै यस घटना’bout प्रधानमन्त्रीको कार्यालयलाई कुनै पनि पूर्वजानकारी समेत प्राप्त नभएको प्रष्ट पारेकी छिन ।
घटना’bout जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको प्रेस विज्ञ दाहालले जानकारी दिइन ।
साथै, समाचार कक्ष (न्युज रुम) भित्र प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्नसमेत निर्देशन दिइएको उनले बताइन् ।
आज मात्रै पत्रकार ‘नेपाल प्रेस’का पत्रकार विश्वमणि सुवेदी र ‘मोटीभेट न्युज’का पत्रकार शोभराज बराल पक्राउ परेका थिए भने नयाँ पत्रिकाका नवराज मैनाली र दियो पोष्टका सम्पादक सुदिप विश्वकर्मा खोज्दै उनको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेपछि चाैतर्फी बिराेध भइरहेकाे छ ।
सम्बन्धित समाचार
मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त, यस्ताे छ पृष्ठभूमि
चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
प्रहरी पोसाक खरिद छानबिनमा अलमल






