काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज हुने भएको छ ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे उनीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको हो ।
दशैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका सभापतिमा निर्वाचित गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यलाई शपथग्रहण गराउनेछन् । सभापति थापाले दशैँको फूलपातीका दिन अर्थात् असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार, १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथमा बोलाइएको छ ।
निर्वाचन समितिले गत सोमबार नै सूचना प्रकाशित गरेर १५ औं महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोह उपस्थित हुन भनेको थियो ।
१८–२३ असोजमा सम्पन्न कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ ।
बाँकी सदस्य मनोनीत गर्न आजै केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।
सम्बन्धित समाचार
कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, सदस्यको पनि आयो परिणाम
मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
प्रधानमन्त्री शाहको बडादसैँ शुभकामना सन्देश: ‘एकता, सद्भाव र पारिवारिक मिलनको पर्व’
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन
सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त, यस्ताे छ पृष्ठभूमि
चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने






