काठमाडौं । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन् ।
एमालेका प्रमुख सचेतक हरिनारायण महतोले एमालेका मन्त्रीहरूले राजीनामा बुझाएर सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन् ।
मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनमा सहभागी छ ।
एमालेले सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस प्रदेशको सत्ता समीकरणमा फेरबदल हुने देखिएको छ । नयाँ सरकार गठनको कसरत अघि बढाउने उद्देश्यसहित एमाले सरकारबाट बाहिरिएको हो ।
सम्बन्धित समाचार
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश
मतदातासँग मत माग्दै गगन थापा
तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित






