डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार

डोल्पा । डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ कैदी फरार भएका छन् । उनीहरू शुक्रबार राति कारागारभित्र सुरुङ खनेर भागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटना’bout जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोली कारागार पुगेको छ ।

फरार हुने कैदीको संख्या र पहिचान यकिन गर्न प्रहरीले कारागारको स्थलगत निरीक्षण गरिरहेको छ । प्रहरीका अनुसार निरीक्षण र विवरण रुजु गरेपछि मात्रै घटनाको पूर्ण विवरण खुल्नेछ । घटना’bout कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयले औपचारिक विवरण सार्वजनिक गरेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध