
वेस्टर्न एसियाली जुनियर चेस च्याम्पियनसिप २०२६ भारतकाे गुजरातमा हालै सम्पन्न भयाे । साे इभेन्टमा अभिभावकको रूपमा सहभागी भई मैले केही अनुभवहरू बटुल्ने अवसर पाएकी छु। २० राष्ट्र सहभागी हुनुपर्नेमा युद्धले प्रभावित भएकाले ६ राष्ट्र मात्र सहभागी जनाए । जसमा भारत, नेपाल, ओमान, श्रीलंका, बंगलादेश र युएइ सहभागी । उक्त प्रतिस्पर्धामा तिनै अनुभवलाई आजको शब्दमा उतार्ने प्रयास गरेको छु । भारतजस्तो शक्तिशाली राष्ट्र मात्रै होइन,चेसमा विश्व च्याम्पियन भइसकेका राष्ट्रहरूका बीचमा नेपालले यसपाली पनि सहभागिता मात्र जनाएर आएको छ। भारतका धेरै खेलाडीहरू र अभिभावकहरूसँग आत्मसाथ गर्ने मौका पाउँदा मैले धेरै कुराको अनुभव गरेको छु। भारतमा चेसको धेरै नै विकास भएको र त्यसलाई राष्ट्रले पनि संरक्षण गरेको र अभिभावक अनि ट्रेनरले पनि सहयोग गरेका छन्।
भारतका विभिन्न प्रान्तका चेस एसोसिएसनहरूले आफ्ना प्रान्तमा सम्भवना बोकेका खेलाडीहरूलाई ट्रेनिङ दिने संरक्षण गर्ने र विभिन्न खालका सहयोगहरू गर्ने गरेको देखियो। ४७ वर्ष अगाडि १९७९ मा नेपाल बुद्धिचाल सङ्घको स्थापना भएको नेपालमा पहिला पहिला मनोरञ्जनको रुपमा मात्रै चेसलाई खेल्ने खेलको रुपमा लिएको थियो। बीचमा केही युवाहरूले यसलाई प्रवर्द्धन गर्ने अवस्था आएको थियो। तर आर्थिक अभाव र देशको भविष्यप्रति सुनिश्चित नहुँदा उनीहरू आफ्नो आर्थिक कमजोरी कारण र अरु विभिन्न कारणले गर्दाखेरि विदेश पलायन भएका छन्।

अहिलेका केही युवाहरूले भने नयाँ खेलाडीहरू जन्माउनको लागि ठूलै भूमिका निर्माण गरिरहेका छन्। यसमा केही एकेडेमीहरूको नाम नलिकन रहन सकिँदैन। जसमा हिमालयन चेस एकेडेमी, प्याबिलियन चेस एकेडेमी, थापाथली चेसपार्क, चेकमेट एकेडेमी लगायतका केही एकेडेमीहरुले यो चेस खेललाई बच्चाहरुलाई प्रोत्साहन गर्न र त्यस खेलको विकासको लागि ठूलै भूमिका खेलिरहेको पाइएको छ र महिनैपिच्छे हुने चेस टुर्नामेन्टले पनि बच्चाहरूलाई त्यसप्रति खेलमा जागरुकता बढाइरहेको छ।
विभिन्न अभिभावकहरूसँग कुराकानी गर्ने सिलसिलामा केही अभिभावकहरूले भन्नुभएको अनुभवहरूलाई पनि मैले यहाँ राख्ने कोसिस गरेको छु। साढे तीन वर्षमा नै फिडहेरेटेड भएर विश्व रेकर्ड राख्नुभएको अनिस सरदारको आमासँग कुराकानी गर्दा उहाँ आफ्नो छोरीको क्षमता भगवानबाटै प्राप्त भएको भनेर बताउनुभएको छ । अझै धेरै प्रगति गर्न सक्ने छोरीमा क्षमता रहेकोले उहाँहरू आफ्नो छोरीको लागि धेरै टुर्नामेन्टमा साथसाथै जाने आउने गरिरहनुभएको छ।
कल्याणी शाहना चेन्नाईबाट हुनुहुन्थ्यो । उहाँले आफ्नो बच्चाको कारणले गर्दाखेरि देशविदेश जाने मौका पाएको र आफूलाई पनि अपग्रेड गर्ने र धेरै नयाँ कुराहरू सिक्ने मौका पाएको पनि बताउनुभएको छ। धेरै अभिभावकहरूलाई यस टुर्नामेन्टमा देख्दाखेरि मलाई साह्रै अचम्म लागेको छ। हाम्रो नेपालमा अभिभावकहरूले आफ्नो कार्य व्यस्तताको कारण खासै चेस गेममा बच्चासँग सहभागी हुने कोसिस गर्नुहुन्छ तर समय अभावको कारणले गर्दाखेरि म्यानेज गर्न निकै कठिन परिरहेको छ। भारतमा रहेका अभिभावकहरूलाई पनि सो समस्या रहेको तर उहाँहरुले आफ्नो काम वर्कफर्म होमबाटै गरेर बच्चालाई सहयोग गरिरहनुभएको बताउनुभएको छ।

त्यस्तै तामिलनाडुबाट जयलक्ष्मी हुनुहुन्छ । उहाँ आइटी इन्जिनियर हुनुहुन्छ । तर उहाँले आफ्नो बच्चालाई समय दिनको लागि आफ्नो जागिर नै छोडेर बच्चाको भविष्यको लागि लागि पर्नुभएको बताउनु भएको छ। त्यस्तै हाम्रो नेपालबाट पनि डाक्टर भावना अमात्य हुनुहुन्छ। उहाँले पनि आफ्नो छोरा सानो भएको हुनाले आफ्नो काम कारबाहीलाई यहाँ अहिले केही समयको लागि बन्द गरेर आफ्नो छोरालाई सपोर्ट गर्नको लागि भारतसँगै जानुभएको छ। त्यस्तै पोखराकी अभिभावक सरस्वती भण्डारी पनि आफू टिचर रहेको र अहिले बिदा भएको हुनाले आफ्नो छोरालाई साथ सपोर्ट गर्नको लागि भारततर्फ जानुभएको र अहिले छुट्टीमा आफ्नो बिदा पनि नकाटिने र छोरालाई सहयोग गर्न पाएकोमा निकै खुसी भएको कुरा व्यक्त गर्नुभयो ।
भारतका अभिभावकलाई भने त्यहाँको चेस एसोसिएसनले आफूखुसी जता पनि बस्न मिल्ने वातावरण बनाइदिएको हुनाले सजिलो भएको र नेपालबाट जानुभएको अभिभावकहरुलाई भने बच्चासँग त्यही होटेलमा बस्नुपर्दा डलरमा तिर्नुपर्दा ठूलो रकम खर्च भएको बताउनुभएको छ।
चेस खेलमा लगानीको अभावले गर्दाखेरि पनि प्रभावित भइरहेको कुरा संघका अध्यक्ष हिराकाजी महर्जनले पनि बताउनुभएको छ। को कुरा गर्नुपर्दाखेरि राज्यले खासै खेलकुदलाई महत्व देखिँदैन । लामाे समयदेखि खेलकुदका मन्त्रीहरू परिवर्तन भइराख्दा पनि खेलकुद मन्त्रालयबाट जसमा खासै चासो राखिएको पाइएन। नयाँ पुस्ता यसरी चेस खेलमा आकर्षित भइराख्दाखेरि राज्यले, नेपाल चेस एसाेसिएसन, अभिभावक र ट्रेनरहरूले भने आफ्नो तर्फबाट हर प्रयास गर्नुपर्ने छ । नयाँ खेलाडीहरूलाई राजनीतिक चपेटामा पर्न नदिन उनलाई संरक्षण गर्नुपर्ने जिम्मेवारी हामी सबैको हो।
यी कोसिसहरूले गर्दा भोलि हाम्रो देशबाट पनि धेरै आइएम र जीएमहरू बनाउन सकिन्छ कि ?






