राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ की १७ वर्षिया रजनीकुमारी साह घरबाट निस्केको ४ औं दिनसम्म पनि फर्केकी छैन । सम्पर्कविहिन भएको आइतवार चोथौ दिन पुगिसक्दा पनि उनको अवस्था अज्ञात छ ।
उनी बिहीवार बिहान ९ बजेदेखि बेपत्ता छिन् । छोरी बेपता भएको खबर पाएपछि रोजगारीको सिलसिलामा भारतको लुधियानामा रहेका बुवा वीरेन्द्र आइतवार बिहानै घर फर्केका छन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका बुवा विरेन्द्रले छोरीको अवस्था पत्ता लगाउने कार्यमा पहल गरिदिन सबैसँग आग्रह गरेका छन् ।
स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत रजनी बिहीवार बिहान ८ बजेतिर विद्यालय जान्छु भनी घरबाट निस्केकी थिइन । त्यही दिनदेखि उनी वेपत्ता भएको आमा पुनमदेवीले सनाइन् । छोरी रजनीका सहपाठी, छरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोजतलास गर्दा पनि फेला पार्न नसकेको उनको भनाइ छ ।
छोरीले बोक्ने मोवाइलमा फोन गर्दा स्वीच अफ भन्ने गरेको उनले सुनाइन । वडाअध्यक्ष ललन राउतले रजनीको खोजीका लागि आफूहरुले पनि पहल थालेको तर अहिलेसम्म कुनै पत्तो नलागेको सुनाए । रजनीका परिवार, आफन्त, साथीभाइ तथा आफूहरुले समेत रजनीको फोटो बोकेर सम्भावित स्थानहरुमा खोजी गरिरहेको समाजसेवी सुरजित सिंह गुडुले बताए । रजनीका परिवारले प्रहरीमा समेत उजुरी दिदै खोज तलासका लागि आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
बिद्यालयको छानामा ताप परावर्तक रङ र इन्सुलेसन जडान
‘मिस वेलनेस वल्र्ड २०२६’ का विजेता सान्वीलाई गृहनगरमा स्वागत
कार्यपालिका सदस्यको ह्यन्डिल लक भएको मोटरसाईकल चोरी
पचास वर्षदेखि तरकारी तथा फलफूल व्यवसायीद्वारा निरन्तर अष्टयाम
बिचौलिया इनम सापकोटावारे समाचार आएपछि नेपाल प्रहरीमा खैलाबैला
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
सडक दुर्घटनामा प्रहरी जवानको ज्यान गयो, श्रीमती गम्भीर घाइते
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल






