काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन् । पोखरा एभेन्जर्सविरुद्ध उनले एकै खेलमा ६ विकेट लिँदै पोखराको मध्यक्रम ध्वस्त पारेका हुन् ।
सन्दीप यस सिजन एनपीएलमा एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । यसअघिका पाँच खेलमा एक विकेट मात्र लिएका उनले आफ्नो छैटौँ खेलमा भने सनसनीपूर्ण प्रदर्शन गरे ।
उनले खेलको १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् । सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर ६ विकेट लिए ।
तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)
सम्बन्धित समाचार
जनकपुरको अर्को जित, पोखराको लगातार हार
एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, अपराजित यात्रा कायमै
दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
न्यायाधीशवारे प्रकाशित समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता






