अब सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।

सरकारले छठ पर्वका अवसरमा पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द