काठमाडौं । उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाले आजदेखि उक्त ऐन कार्यान्वयनमा ल्याएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
उक्त कानुन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका २१ स्थानीय तहबाट उक्त ऐन कार्यान्वयन गरिएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा लालकुमार श्रेष्ठले बताए ।
योसँगै अव्यवस्थित ठाउँमा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ । सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसैअनुसार पहिलो चरणमा आजदेखि ऐन कार्यान्वयनमा आएको हो ।
आजदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा यो ऐन लागू भएको छ । ऐन कार्यान्वयन भएसँगै जथाभावी पशु बध गर्न र मासु बेच्न नपाइने भएको छ ।
सम्बन्धित समाचार
भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा
काठमाडौंलाई २४सै घण्टा खुलाउने तयारी
आज नरक चतुर्दशी र कुकुर तिहार
यस्तो छ आजको मौसम पूर्वानुमान, हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
राष्ट्रपतिद्वारा सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्त
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना






