काठमाडौं । विचौलिया भनिएका इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् । काठमाडौं जिल्ला अदालतले श्रेष्ठविरुद्ध इनम सापकोटाकै म्याद मिलान गर्दै ५ दिनको म्याद दिएको हो ।
श्रेष्ठ शनिबार पक्राउ परेकाले सोही मितिदेखि गणना गर्दा उनी बुधबारसम्म हिरासतमा बस्ने छन् । त्यसपछि बिहीबार फेरि उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्ने हुन्छ । इनमसँग कनेक्सन देखिएका श्रेष्ठको सम्बद्ध कसुरलाई भने इनमकै सुरुवाती कसुरसँग जोडिएको छ ।
‘एउटा व्यक्तिको सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेकोमा त्यही व्यक्तिसँग जोडिएर कारोबार गरेको देखिएकाले प्रथम व्यक्तिकै कसुरलाई सम्बद्ध कसुरको रूपमा मानिन्छ,’ एक अनुसन्धान अधिकारीले भने । इनमलाई भने प्रहरीले राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरलाई सम्बद्ध कसुरको रुपमा लिएको छ ।
अहिले म्याद लिइएका श्रेष्ठ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठ र इनमबीच कारोबार देखिएन तर, केही चेकका फोटाहरू आदानप्रदान भएको देखिएको छ ।
सम्बन्धित समाचार
कार्यभार सम्हाल्न नेपाल आइपुगे भारतका नवनियुक्त राजदूत दलेला
पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाउने प्रयासको सशक्त प्रतिवाद गर्ने कांग्रेसको निर्णय
विश्वमा बढ्दो तापक्रमले तताएको बहस
छठ मनाउन रवि लामिछाने सर्वसाधारणको घरमा बस्ने, श्रीमतीसहित व्रतमा सहभागी हुने
पशुपति विकास कोषमा बोर्ड सदस्यकै मिलेमतोमा अनियमितता
बालेन सरकारका ६ मन्त्री र ३ दर्जन रास्वपा सांसद विदेश सयरमा
‘मधेसमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ’
भीमफेदी दुर्घटनाका पीडित परिवारसँग सभामुखको भेट






