काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज बिहान यहाँ आइपुगेका छन्
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका क्रममा परराष्ट्र सचिव राईले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा र आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् । यसले दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने छ ।
भ्रमणका क्रममा विदेश सचिव मिश्रीले अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी भोलि कात्तिक १९ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।
सम्बन्धित समाचार
जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन
जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम
यस वर्ष दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी
हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने
जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक, के छन् श्वेतपत्रमा ?
१३ र १४ गते भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह
आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
न्यायक्षेत्रमा उठेका विषयमा अध्ययन गर्न नपाल बार एसोसिएसनले गठन गर्यो अध्ययन समिति






