चिनियाँ राष्ट्रपति सि जिनपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । बुधबार दक्षिण चिनियाँ सहर सेन्जेनमा सी र पुटिनबीच द्विपक्षीय वार्ता भएको हो ।
सेन्जेनमा सुरु भएको एपेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा शक्तिहरूलाई ‘पूर्व प्रभुत्वशाली शक्ति’ को संज्ञा दिँदै युरोप अहिले अपमानजनक पतनको अवस्थाबाट गुज्रिरहेको बताए।
‘अनुभवले के देखाएको छ भने आर्थिक प्रभुत्व जमाउने र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब दिने परम्परागत उपायहरू अब धेरै हदसम्म प्रभावहीन भइसकेका छन् । तिनको त्रास देखाउने क्षमता पनि निकै कमजोर भइसकेको छ,’ उनले भने ।
पुटिनले नाकाबन्दी, भन्सार शुल्क र निर्यातमा लगाइएका रोकहरूले केही हदसम्म निरुत्साहित गर्ने प्रभाव पार्न सके पनि यिनले विकासलाई रोक्न त के, प्रतिस्पर्धीहरूको अर्थतन्त्रलाई ध्वस्त पार्न नसक्ने चेतावनी दिए ।
युक्रेनविरुद्धको युद्धका कारण रुसी अर्थतन्त्रमाथि अमेरिका र युरोपले कडा प्रतिबन्धहरू लगाएका छन्। यो युद्ध फेब्रुअरी २०२२ मा सुरु भएको थियो । मस्कोले छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकासहित पश्चिमी मुलुकले रसियामाथि नाकाबन्दी लगाएका छन् ।
एपेक शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुँदैछन् । उनले बिहीबार सि र पुटिनसँग त्रिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
अमेरिकी कंग्रेसमा डेमोक्रेटको अग्रता, राष्ट्रपति ट्रम्पद्वारा पराजय स्वीकार
सोनिया गान्धीको संस्मरणमा प्रेम र संघर्ष
इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
चीनका राष्ट्रपति सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि
कोस्टारिकामा पत्रकारको गोली हानी हत्या






