सानजोसे । लागुऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्ध सार्वजनिक गर्दै आएका कोस्टारिकाका स्वतन्त्र पत्रकार क्यामिलो रोड्रिगेजको राजधानी सान जोसेनजिकै गोली हानी हत्या गरिएको छ ।
प्रहरी प्रमुख राउल रिभेराका अनुसार सोमबार सान्टो डोमिंगो डे हेरेडिया सहरमा गाडी चलाइरहेका ५० वर्षीय रोड्रिगेजमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए । उनले यसअघि लागुऔषध तस्कर समूहबाट ज्यान मार्ने धम्की पाएको बताएका थिए ।
रोड्रिगेजले लागुऔषध कारोबारी र राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिबीच सम्बन्ध रहेको दाबी गर्दै आएका थिए । राष्ट्रपति लौरा फर्नान्डिजले हत्याको निन्दा गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात भएको बताएका छन् । गत वर्ष आफ्नो घर तस्करको पैसाबाट बनेको आरोप लगाएपछि उनले रोड्रिगेजविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।
पत्रकार संघले घटनाको शीघ्र अनुसन्धान गर्न माग गरेको छ । पछिल्ला वर्षमा कोस्टारिका लागुऔषध तस्करीको प्रमुख केन्द्र बन्दै गएको छ । महान्यायाधिवक्ता कार्लो डियाजले हत्याको अनुसन्धान सुरु भएको जनाउँदै रोड्रिगेजले साक्षी संरक्षण कार्यक्रममा सहभागी हुन अस्वीकार गरेको जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
सोनिया गान्धीको संस्मरणमा प्रेम र संघर्ष
शक्तिशाली एल निनोले विश्वभर मौसममा असर
इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त






