मलद्वारमा लुकाएर ल्याएकाे झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ झानुवा वाङलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार बुधबार बिहान १:२५ बजेमा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० को उडानमार्फत हङकङबाट आउँदै गरेका वर्ष ५८ का चिनियाँ नागरिक झानुवा वाङलाई शंकास्पद गतिविधिका आधारमा चेकजाँच गर्ने क्रममा मलद्वारभित्र प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट पहेँलो गोलाकार अर्धठोस पदार्थ थान ४ प्लास्टिकको ऱ्यापसहित १ केजी ८०३.७७ ग्राम भन्सार एरीया पार गरी बाहिर निस्कने क्रममा फेला पारी बरामद गरी उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

ताजा समाचार

पक्राउको जानकारी गृहमन्त्रीको फेसबुकबाट