काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आफ्नै भवन निर्माणका लागि संकलन गरिएको करिब ३३ लाख रुपैयाँको ‘घरजग्गा कोष’ विवादमा परेको छ। कोषमा जम्मा भएको रकमको अवस्था र त्यसको परिचालन’bout प्रश्न उठेपछि पारदर्शी हिसाबकिताब सार्वजनिक गर्न माग गरिएको छ।
भवन निर्माण गर्ने उद्देश्यले विभिन्न समयमा संकलन गरिएको उक्त रकम मुद्दती खातामा राखिएको बताइए पनि हाल त्यसको वास्तविक अवस्था के छ भन्ने स्पष्ट हुन सकेको छैन। तत्कालीन अध्यक्ष रणजितकुमार पोद्दार र महासचिव चिरञ्जीवी अधिकारीको कार्यकालमा कोषको रकम निकासी तथा परिचालन भएको आरोपसमेत उठेको छ।
कोषको रकम कहिले, कसको निर्णयमा र कुन प्रयोजनका लागि निकासा गरियो भन्ने विवरण सार्वजनिक नभएपछि महासंघभित्रै छानबिनको माग उठेको हो। महासंघको कार्यसमिति बैठकमा महासचिव चन्द्रविलास भुर्तेलले समेत घरजग्गा कोषको आर्थिक अवस्था’bout छानबिन गर्नुपर्ने माग राखेको बताइएको छ।
तर कोषको हिसाबकिताब सार्वजनिक गरी छानबिन गर्नुपर्ने माग उठिरहेका बेला महासचिव भुर्तेलमाथि नै कारबाही प्रक्रिया अघि बढाइएको विषयले विवाद थप चर्काएको छ।
विशेषगरी, कोषको रकम परिचालन भएको समयका नेतृत्वकर्ताको भूमिकामाथि प्रश्न उठिरहेका बेला छानबिनको माग गर्ने पदाधिकारीमाथि कारबाही प्रक्रिया अघि बढाइनुले आर्थिक अनियमितताको विषयलाई अन्यत्र मोड्न खोजिएको त होइन भन्ने प्रश्नसमेत उठेको छ।
महासंघको साझा सम्पत्तिका रूपमा रहेको घरजग्गा कोषको वास्तविक अवस्था सार्वजनिक गर्न स्थापना कालदेखि हालसम्मको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ। त्यसका लागि रकम जम्मा गरिएको बैंक तथा मुद्दती खाताको विवरण, खाता सञ्चालनको अवस्था, रकम निकासी गर्दाका कार्यसमिति र साधारणसभाका निर्णय तथा अधिकारप्राप्त हस्ताक्षरकर्ताको विवरण सार्वजनिक गर्नुपर्ने देखिन्छ।
त्यसैगरी, रकम खर्च भएको भए त्यसको प्रयोजन, बिल–भरपाई र सम्बन्धित आर्थिक वर्षका लेखापरीक्षण प्रतिवेदनसमेत सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।
कोषमा रहेको भनिएको ३३ लाख रुपैयाँको अवस्था’bout छानबिन गर्नुको सट्टा प्रश्न उठाउने पदाधिकारीमाथि कारबाही प्रक्रिया अघि बढाउनु कति उचित हो भन्ने प्रश्न नेतृत्वमाथि उठेको छ।
यस विवादको निष्पक्ष निरूपणका लागि महासंघले तत्काल स्वतन्त्र छानबिन समिति गठन गरी घरजग्गा कोषको स्थापनादेखि हालसम्मको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ। छानबिनबाट आर्थिक अनियमितता पुष्टि भएमा संलग्न जोसुकै पदाधिकारीलाई पनि महासंघको विधान र प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरिएको छ।
महासंघको ३३ लाख रुपैयाँ कहाँ र कसरी परिचालन भयो भन्ने प्रश्नको जवाफ आरोप–प्रत्यारोपबाट होइन, बैंक अभिलेख, बैठकका निर्णय, लेखापरीक्षण प्रतिवेदन र प्रमाणित आर्थिक विवरणबाट खोजिनुपर्ने देखिन्छ। महासंघको सम्पत्ति कुनै व्यक्तिको निजी सम्पत्ति नभई संस्थाका सदस्यहरूको साझा सम्पत्ति भएकाले यसको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नु नेतृत्वको जिम्मेवारी हो।
सम्बन्धित समाचार
सम्पर्कविहीन जापानी पर्वतारोहीको शव फेला
चक्रवातको अवशेष नेपालतर्फ आउने सम्भावना, वर्षा र हिमपातको जोखिम
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ
चोरीको आरोप लागेका ४ भारतीय नागरिक पक्राउ
सञ्चार गृहमा प्रहरी प्रवेशप्रति मिडिया एलाइन्स नेपालको ध्यानाकर्षण
रौतहटमा ३ खुट्टा भएको बालिकाको जन्म
बालिका करणी अभियाेगमा युवक पक्राउ






