कोप–३१ ‘निष्कर्षविहीन’ : जीवाश्म इन्धन र जलवायु वित्तमा जुटेन सहमति

काठमाडौं । जलवायु परिवर्तनको संकट समाधानका लागि विश्वका झन्डै दुई सय देश सहभागी टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मुख्य सम्झौतामा सहमति जुटाउन नसकी समापन भएको छ ।

जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने प्रतिबद्धता, जलवायु अनुकूलनका लागि वित्तीय सहयोग र उत्सर्जन कटौतीको महत्वाकांक्षामा मतभेद भएपछि सम्मेलनको मुख्य राजनीतिक दस्ताबेज ‘अन्ताल्या सम्झौता’ पारित हुन सकेन ।

निर्धारित समयभन्दा ४४ घण्टाभन्दा बढी लम्बिएको वार्तापछि पनि युरोपेली संघ (ईयू), पानामासहितका देशले सम्मेलन अध्यक्ष मुरात कुरुमले प्रस्तुत गरेको अन्तिम मस्यौदा अस्वीकार गरे । ईयूका तर्फबाट आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डारा ओ’ब्रायनले जलवायु संकटको मुख्य कारण जीवाश्म इन्धन’bout प्रत्यक्ष उल्लेख नै नगरेको दस्ताबेज स्वीकार गर्न नसकिने बताएका थिए । पानामाले पनि जीवाश्म इन्धन, जलवायु वित्त र नवीकरणीय ऊर्जा’bout स्पष्ट प्रतिबद्धता नभएको भन्दै आपत्ति जनाएको थियो ।

सम्मेलनका केही विषयगत निर्णय भने पारित भएका छन् । तर, मुख्य राजनीतिक दस्ताबेजमा सहमति नजुटेपछि सम्मेलनको समग्र उपलब्धि कमजोर बनेको छ ।

कोप सम्मेलनको मुख्य सम्झौता पारित हुन नसक्नुको प्रमुख कारण जीवाश्म इन्धनसम्बन्धी भाषामा देखिएको मतभेद हो । सन् २०२३ मा दुबईमा सम्पन्न कोप–२८ ले ऊर्जा प्रणालीबाट कोइला, तेल र ग्यासको प्रयोग क्रमशः घटाउँदै लैजाने ऐतिहासिक प्रतिबद्धता गरेको थियो । तर, अन्ताल्यामा प्रस्तुत अन्तिम मस्यौदामा जीवाश्म इन्धनबाट न्यायपूर्ण रूपान्तरण गर्ने विषयको प्रत्यक्ष उल्लेखसमेत हटाइएको थियो ।

साउदी अरेबियालगायत तेल उत्पादक देशहरूले जीवाश्म इन्धनविरुद्ध कडा प्रतिबद्धताको विरोध गरेका थिए । रुसले पनि यसको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्तावको विरोध ग¥यो । अर्कोतर्फ, ईयू, बेलायत, नर्वे र पानामासहितका देशले स्पष्ट कार्ययोजना र समयसीमा मागेका थिए । करिब १३० देशले जीवाश्म इन्धनबाट न्यायपूर्ण रूपान्तरणको प्रतिबद्धता दोहो¥याउनुपर्ने माग गरेका थिए ।

अन्तिम मस्यौदाले कोप–२८ को प्रतिबद्धतालाई पुनः स्मरण गर्ने भाषा राखे पनि जीवाश्म इन्धनबाट बाहिरिने स्पष्ट कार्यदिशा समेट्न सकेन । यसले अघिल्ला सम्मेलनका प्रतिबद्धता कमजोर पार्ने भन्दै जलवायु अभियन्ता र जोखिमग्रस्त देशले असन्तुष्टि जनाएका छन् ।

अनुकूलन वित्तमा पनि निराशा

विकासशील देशहरूको अर्को प्रमुख माग जलवायु अनुकूलनका लागि आर्थिक सहायता बढाउने विषयमा पनि सम्मेलनले ठोस प्रतिबद्धता गर्न सकेन । सन् २०३५ सम्म अनुकूलन वित्त वार्षिक १२० अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य अन्तिम मस्यौदाबाट हटाइएको थियो । जलवायु परिवर्तनको असर बढी भोगिरहेका विकासशील तथा कम विकसित देशले यसलाई निराशाजनक मानेका छन् ।

अनुकूलन वित्त बढाउने सामान्य प्रतिबद्धता मस्यौदामा रहे पनि निश्चित रकम र त्यसको स्रोत सुनिश्चित हुन सकेन । जलवायु परिवर्तनको असर न्यूनीकरण, पूर्वसूचना प्रणाली र विपद्पछिको पुनःस्थापनाका लागि आवश्यक आर्थिक स्रोतको सुनिश्चितता नहुँदा प्रतिबद्धता कार्यान्वयनमा समस्या पर्ने उनीहरूको चिन्ता छ ।

मस्यौदामा कार्बन सोस्ने, उपयोग गर्ने र भण्डारण गर्ने प्रविधिको विस्तार तथा सन् २०३५ सम्म विश्वको अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पु¥याउने लक्ष्य भने समेटिएको थियो । तर, विद्युत्को हिस्सा बढाउने लक्ष्यमा नवीकरणीय ऊर्जाको स्रोत सुनिश्चित नगरिएको भन्दै आलोचना भएको छ ।

जलवायु परिवर्तनको असर भोगिरहेका नेपालजस्ता पर्वतीय मुलुकका लागि कोप–३१ को परिणाम अपेक्षाअनुसार हुन सकेन । हिमताल विस्फोट, बाढीपहिरो, अतिवृष्टि र खडेरीजस्ता विपद्को जोखिम बढ्दै जाँदा अनुकूलन, पूर्वसूचना प्रणाली र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग आवश्यक छ । तर, सम्मेलनको मुख्य दस्ताबेजमै वित्तीय सहयोगको स्पष्ट लक्ष्य र स्रोत सुनिश्चित हुन नसक्दा जोखिमग्रस्त मुलुकका लागि थप चुनौती देखिएको छ ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको माग उठाउँदै आए पनि त्यसलाई कार्यान्वयन गर्ने आर्थिक संयन्त्रमा ठोस प्रगति हुन सकेको छैन । कोप–३१ को अध्यक्षीय मस्यौदाले पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायको जोखिम स्वीकार गर्दै दुईवर्षे कार्ययोजना प्रस्ताव गरेको थियो । तर, त्यसका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित नभएकाले प्रस्ताव कार्यान्वयन हुनेमा प्रश्न उठेको छ । आगामी कोप–३२ सन् २०२७ को नोभेम्बर ८ देखि १९ सम्म इथियोपियाको राजधानी अदिस अबाबामा आयोजना हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : भारतमा राजकीय सम्मान, नेपालमा राष्ट्रप्रमुखकै अपमान