काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
दिल्ली पुगेका शाहको भेटघाट र कूटनीतिक कार्यक्रम सुरु भइरहँदा नेपालमा भने उनको भ्रमण शैलीले नयाँ बहस सिर्जना गरेको छ । परम्परा तोड्ने र सादगी अपनाउने नाममा प्रधानमन्त्रीले आफ्नै देशमा स्थापित राजकीय मर्यादा, संवैधानिक संस्थासँगको परामर्श र कूटनीतिक अभ्यासलाई बेवास्ता गरेका छन् ।
विदेश भ्रमणमा निस्कनुअघि राष्ट्रपतिलाई जानकारी गराउने, संसद् र राजनीतिक दललाई विश्वासमा लिने तथा पूर्वप्रधानमन्त्रीहरूसँग राष्ट्रिय हितका विषयमा परामर्श गर्ने अभ्यास पहिलोपटक तोडिएको छ ।
नेपाली सेनाबाट गार्ड अफ अनर, रातो कार्पेट र औपचारिक बिदाइ समारोहसमेत अस्वीकार गरेका शाहले हवाइ प्रोटोकल मिच्दै विमानस्थलमा बिदाइका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएका मन्त्रीसहित दुई मन्त्री र सत्तारूढ दलका प्रवक्तालाई मात्र उपस्थित गराए ।
तर, भारत पुगेलगत्तै उनले त्यहाँको राजकीय आतिथ्य र सम्मानका सबै औपचारिकता स्वीकार गरेका छन् । भारतीय विमानस्थलमा सांस्कृतिक कार्यक्रमसहित स्वागत पाएका शाहले सोमबार राष्ट्रपति भवनमा गार्ड अफ अनर ग्रहण गर्नेछन् । आफ्नै देशमा राज्यका संस्थागत अभ्यासलाई अनावश्यक ठान्ने तर विदेशमा त्यही सम्मान ग्रहण गर्ने प्रधानमन्त्रीको कार्यशैलीले उनको प्राथमिकता र राज्यप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाएको छ ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली पुगेका हुन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । स्वागतका लागि सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । विमानस्थलबाट उनलाई सीधै होटल ताजमहल पु¥याइएको थियो ।
नेपाल र भारतका राष्ट्रिय झण्डाले नयाँदिल्लीका सडक तथा स्वागत क्षेत्र सजाइएको छ । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भएको यो शाहको पहिलो द्विपक्षीय भारत भ्रमण हो ।
सोमबार राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा गार्ड अफ अनर, राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली, राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट र हैदरावाद हाउसमा मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।
विमानस्थलमा उनलाई राज्यमन्त्रीले स्वागत गरे । पछिल्ला वर्ष भारतीय प्रधानमन्त्रीका समकक्षीलाई विमानस्थलमा स्वागत गर्न राज्यमन्त्री खटाउने अभ्यास छ । सन् २००६ मा भने तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफैँले नेपाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्वागत गरेका थिए । विगतमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणमा स्थापित कूटनीतिक र राजनीतिक अभ्यासमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष राष्ट्रप्रमुखसँगको संवाद र राष्ट्रिय सहमतिको प्रयास हो । तर, शाहले राजकीय भ्रमणमा निस्कँदा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर भ्रमणका एजेन्डा तथा तयारी’bout जानकारी गराउने अभ्याससमेत अपनाएनन् । संविधानलेसमेत यस्ता विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने वाध्यात्मक व्यवस्था गरेको छ ।
विगतमा प्रधानमन्त्रीहरूले महत्वपूर्ण विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने, राष्ट्रिय हितका विषयमा पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक परामर्श गर्ने र संसद्लाई समेत भ्रमणका विषयमा जानकारी दिने अभ्यास थियो । पूर्वप्रधानमन्त्रीहरू र प्रमुख राजनीतिक दलहरूसँग पनि राष्ट्रिय साझा धारणा बनाउने प्रयास भएन । भारतसँगको सम्बन्ध, हवाई मार्ग, व्यापार तथा पारवहन, ऊर्जा र सीमा विवादजस्ता दीर्घकालीन महत्वका विषयमा छलफल हुनुपर्ने भ्रमणमा राजनीतिक सहमतिको आधार तयार गर्ने प्रयाससमेत भएन ।
बिदाइमा दुई मन्त्री र रास्वपा प्रवक्ताद्वारा हवाई सुरक्षा प्रोटोकल उल्लंघन
प्रधानमन्त्री शाहलाई बिदाइ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले विमानस्थलको हवाई सुरक्षा प्रोटोकल उल्ल.घन गरेका छन् ।
तीनै जना विमानस्थलको एप्रोन क्षेत्रमा ¥याम्प ज्याकेट नलगाई जहाजको ढोकैमा पुगेर प्रधानमन्त्रीको बदाइ गरेका छन् । विमान पार्किङ, यात्रु चढाउने–ओराल्ने, इन्धन भर्ने र अन्य प्राविधिक गतिविधि सञ्चालन हुने एप्रोन क्षेत्र उड्यन सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ । त्यहाँ प्रवेशका लागि निश्चित अनुमति, परिचयपत्र र सुरक्षा प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आईकाओ)को उड्यन सुरक्षा मापदण्डअनुसार पनि विमान सञ्चालन हुने संवेदनशील क्षेत्रमा सुरक्षा प्रक्रिया पालना गर्नुपर्छ । यसअघि २०७९ फागुन २४ मा नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारी ¥याम्प ज्याकेटविना एप्रोन क्षेत्रमा पुगेपछि प्राधिकरणले एक रुपैयाँ जरिमाना गरेको थियो ।
दूतावास जाने कार्यक्रम छैन, नेपाली समुदायसँग पनि भेटघाट नहुने
प्रधानमन्त्री शाहको दिल्ली बसाइ करिब २५ घण्टाको छ । भ्रमणको कार्यसूची सरकारी भेटघाट र निर्धारित कूटनीतिक कार्यक्रममा सीमित गरिएको छ । भारतमा अध्ययन गरेको कलेज भ्रमण, नेपाली समुदाय, विपक्षी दलका नेता तथा नागरिक समाजसँग भेटघाटको कार्यक्रम छैन ।
विगतमा विदेश भ्रमणमा जाने प्रधानमन्त्रीहरूले सम्बन्धित देशमा रहेको नेपाली दूतावासका अधिकारीसँग भेटघाट तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने अभ्यास छ ।
नेपाल–भारत बिजनेस फोरममा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय उद्योगी व्यवसायीसँगको छलफलमा नेपालका नीति तथा लगानीका सम्भावना प्रस्तुत गर्ने र उनीहरूका चासो सुन्ने कार्यसूची तय भएको छ ।
भारत पुगेर लिए नेपालमा नलिएको गार्ड अफ अनर
प्रधानमन्त्री शाहले नेपालबाट प्रस्थान गर्दा नेपाली सेनाबाट गार्ड अफ अनर लिएनन् । औपचारिक बिदाइ समारोह, रातो कार्पेट र उच्च सरकारी अधिकारीको उपस्थितिसमेत अस्वीकार गरे । तर, भारतमा भने राष्ट्रपति भवनमा राजकीय सम्मानसहित गार्ड अफ अनर ग्रहण गर्ने कार्यक्रम छ ।
यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाँदासमेत शाहले यही शैली अपनाएका थिए । त्यतिबेला पनि नेपाली सेनाको गार्ड अफ अनर र औपचारिक बिदाइ समारोह राखिएको थिएन ।
विदेश भ्रमणमा गार्ड अफ अनर दिनु प्रधानमन्त्री व्यक्तिको सम्मान मात्र नभई उनले प्रतिनिधित्व गर्ने मुलुक र राज्य संस्थाको सम्मानसँग जोडिएको विषय हो । प्रधानमन्त्रीले व्यक्तिगत रुचिका आधारमा राज्यको प्रतिनिधित्वसँग जोडिएका अभ्यास हटाउँदै जाँदा त्यसले संस्थागत मर्यादामा प्रभाव पर्ने कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।
हवाई रुट र दुई अर्ब डलरको आर्थिक प्रस्ताव
प्रधानमन्त्री शाहको भारत भ्रमणमा नेपालले झन्डै डेढ दशकदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेश मार्ग र करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋणको प्रस्ताव महत्वपूर्ण एजेन्डाका रूपमा छन् ।
नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । पछिल्लो छलफलमा महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाज प्रवेश गर्न दिन भारत सकारात्मक देखिएको छ । तर, नेपालले करिब २९ हजार फिटको उचाइमा प्रवेश मार्ग उपलब्ध गराउन चाहेको छ ।
महेन्द्रनगरबाट जहाज प्रवेश गर्न पाउने गरी एल ६२६ हवाई मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको छ ।
भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि थप हवाई प्रवेश मार्ग महत्वपूर्ण मानिएको छ । तर, हवाई रुटका विषयमा अन्तिम प्राविधिक तथा कूटनीतिक सहमति भइसकेको छैन ।
नेपालले भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान र सहुलियतपूर्ण ऋणको प्रस्तावसमेत अघि सारेको छ । यसबाहेक ऊर्जा व्यापार, जलविद्युत् आयोजना, प्रसारण लाइन, व्यापार तथा पारवहन, सडक पूर्वाधार र डिजिटल सम्पर्क विस्तारका विषयमा छलफल हुनेछ ।
गत भदौमा आएको भोटेकोशी बाढीलगायत विपद्बाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा भारतीय सहयोग जुटाउने विषय पनि महत्वपूर्ण एजेन्डामा छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।
जनकपुर–अयोध्या रेलसेवा शुभारम्भ, भारतीय सहयोगमा निर्माण सम्पन्न भएका केही आयोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्याससमेत भ्रमणका सम्भावित उपलब्धिमा छन् ।
शाह र विदेशमन्त्री जयशंकरबीच भेट
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आइतबार नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ ।

नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित थियो ।
भेटमा दुवै पक्षले नेपाल–भारतबीच विद्यमान सहकार्यलाई थप विस्तार गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विषयमा छलफल गरेका छन् ।
सम्बन्धित समाचार
मधेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
दुई पूर्वमन्त्रीसहित ६ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति
जिल्ला समन्वय समिति प्रमुखसहित खोटाङका ८ जनप्रतिनिधि पदमुक्त
बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
ओलीको आरोप–‘डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले संसद विघटन गरेर बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो’
२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री
पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी






