काठमाडौं । सरकारले स्वास्थ्य बिमा सेवालाई सहज बनाउँदै लगेको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध बीमितहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सर्कुलर जारी गरेको छ ।
बोर्डले बुधबार परिपत्र जारी गर्दै बीमितले स्वास्थ्य सेवा लिन जाँदा परिचयपत्रको भौतिक प्रति नै हुनुपर्ने बाध्यता हटाएको छ ।
बोर्डले भौतिक परिचयपत्र साथमा नभएका कारण मात्रै बिरामीलाई सेवाबाट वञ्चित नगर्न निर्देशन दिएको हो । बीमितले अब स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपीमध्ये कुनै एक पेस गर्न सक्नेछन् ।
सेवा प्रदायक संस्थाहरूले पेस गरिएको कार्ड वा कागजातमा उल्लिखित स्वास्थ्य बीमा नम्बरलाई आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमामा आबद्ध भएरनभएको यकिन गर्नुपर्नेछ । बीमित भएको पुष्टि भएपछि स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न बोर्डले अनुरोध गरेको छ ।
भौतिक परिचयपत्र साथमा नभएको कारण देखाउँदै कुनै पनि बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत पाउनुपर्ने अधिकार र सेवाबाट वञ्चित नगर्न बोर्डले सचेत गराइएको छ ।
सम्बन्धित समाचार
त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी
राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
सन्दीप लामिछानेको ह्याट्रिकसहित एकै खेलमा ६ विकेट
मिठाई ठानेर बम खाँदा…
यी हुन् यो वर्षका उत्कृष्ट करदाता
प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा
बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै






