काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत करदातालाई सम्मान गरेको छ ।
आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ ।
वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएको छ ।
त्यसैगरी कृषि एवं पशुपक्षीजन्यमा ओसिबी एण्ड फुड्स फिड्स प्रालि रहेका छन् । यस्तै बैंकिङ क्षेत्रमा कारोबार गर्नेमा नबिल बैंक, स्वास्थ्य तथा शैक्षिकतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा सिजी इम्पेक्स प्रालि रहेको छ ।
यस्तै ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्नेमा फुड एण्ड विभरेज टेक्नोलोजी रहेको छ ।
ऊर्जा उद्योगतर्फ भोटेको हाईड्रोपावर, रेमिटेन्स तथा मनी ट्रान्सफर तर्फ आईएमई लिमिटेड रहेको छ । यस्तै व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्नेमा राजबहादुर शाह रहेका छन् ।
२०७७ सालदेखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर तिर्नेमा हिमालयन डिष्टिलरी लिमिटेड रहेको छ । ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामा इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगहरूमध्ये वरुण विभरेज, जीवन बीमा क्षेत्रमा संस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेशन, निर्जीवनमा सिद्धार्थ प्रिमियर र लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त रहेको छ ।
सोही अवसरमा मुलुकको राजस्वमा उच्च योगदान दिने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान गरिएको छ ।
सम्बन्धित समाचार
सुनको भाउ एकै दिन १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
हिजो १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज घट्यो, कतिमा भइराखेको छ कारोबार ?
एनपिएलमार्फत अन्तरराष्ट्रियस्तरमा चम्किँदै नेपालको पर्यटन
वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो
मकै र भटमासको मूल्य वृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
सुगन्ध हराउँदै रैथाने बासमतीमा, खेतमा हाइब्रिडको वर्चस्व
३०० रुपैयाँको समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख रुपैयाँ पुरस्कार






