काठमाडौं । प्रहरीले भक्तपुरको बाेडेस्थित हाेल्डिङ सेन्टरबाट सुकुम्बासीलाई धरपकड गरेको छ । शुक्रबार बिहानदेखि होल्डिङ सेन्टरको गेटबाहिर पलेँटी कसेर धर्ना बसेकालाई प्रहरीले समातेर लगेकाे हाे ।
सुकुम्बासीहरुले कोही ‘व्यवस्था नगरी हटाउन पाइँदैन!’ लेखिएको पर्चा समातेका थिए भने कोहीले ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन!’ लेखेका छन्।
सँगै बसेका अर्का बालकले ‘बास नदिई निकाल्ने सरकार मुर्दावाद!’ लेखिएको कागज उचालेका छन् भने छेवैमा बसेकी एक महिलाको हातमा ‘होल्डिङ सेन्टर उठिबास बन्द गर!’ लेखिएको पर्चा छ।
बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रित १९ परिवारका ५९ जना विस्थापित शुक्रबार बिहानैदेखि यसरी रित्तो थाल ठटाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई समातेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना टाँसेर शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न अल्टिमेटम दिएपछि उनीहरू आन्दोलित बनेका छन्।
सम्बन्धित समाचार
सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ: देउवा
काठमाडौंमा जुट्दै वडादेखि केन्द्रसम्मका एमाले नेतृत्व
पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव
दानबहादुर कार्कीले दायर गरेको रिटमा भएन सुनुवाइ
देउवा समूहको महाधिवेशनका लागि समिति बनाउने सम्पूर्ण अधिकार डा. शशांकलाई
कांग्रेस देउवा समूहका नेता कान्छारामविरुद्ध अदालतमा मुद्दा






