काठमाडौं । तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।
मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले सोमबार रिटमाथिको सुनुवाइ स्थगित भएको हो ।
यसअघि सर्वोच्च अदालत प्रहरी महानिरीक्षक केसीलाई म्याद बुझाउन गएको थियो । तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो । त्यसपछि कार्कीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए ।
जुन निवेदनको आधारमा केसी प्रहरी महानिरीक्षक रहेको भन्दै निवेदन र आदेश सच्याइएको थियो । अझै म्याद बुझाउने कार्य रहेकाले सुनुवाइ स्थगित भएको हो । सर्वोच्चले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)
सम्बन्धित समाचार
सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ: देउवा
एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने
भारत भ्रमणअघि प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा
पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव
जेनजीले नै बचाएँ : शेरबहादुर देउवा
मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने
मधेशमा मध्यावधिको जोखिम, नवनियुक्त मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्ने चुनौती






