काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेतृत्वदेखि ७५३ वटै स्थानीय तहका कमिटीका प्रतिनिधिसम्मलाई एकै ठाउँमा सहभागी गराएर राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
आगामी स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता र राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यसहित आगामी २ र ३ मंसिरमा काठमाडौंमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।
भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका निर्वाचित जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जनाको सहभागिता रहने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार पार्टीको इतिहासमै पहिलोपटक केन्द्रीय नेतृत्व, पालिका तहका कमिटी र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर यस्तो राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आचार्यले माइतीघरस्थित कार्की बैंक्वेटमा मंसिर २ गते बुधबार बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्ने जानकारी दिए । सहभागी सङ्ख्याका हिसाबले महाधिवेशनभन्दा ठूलो र प्रतिनिधित्वका हिसाबले पार्टीका सबै तह तथा क्षेत्र समेटिएको भेलाका रूपमा एमालेले यसलाई व्याख्या गरेको छ ।
स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीभित्र राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता कायम गर्नु तथा वैचारिक र सङ्गठनात्मक एकता सुदृढ बनाउनु भेलाको मुख्य उद्देश्य रहेको एमालेले जनाएको छ । मुलुकमा पछिल्लो समय देखिएको कुशासन र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र राजनीतिक ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि भेलाले राखेको छ ।
एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय भेलाको अर्को प्रमुख एजेन्डा हुनेछ । अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहित उक्त कार्यभार’bout वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्ने कार्यक्रम छ ।
भेलामा वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीको कार्यभार’bout विशेष सम्बोधन गर्नेछिन् । उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा हासिल गरेका उपलब्धिको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नेछन् ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी र प्रवास कमिटीका प्रतिनिधिका साथै पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको पनि सहभागिता रहनेछ ।
स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको भेलामार्फत पार्टीको चुनावी रणनीति, सङ्गठन परिचालन र राजनीतिक सन्देशलाई तल्लो तहसम्म एकीकृत रूपमा पु¥याउने एमाले नेतृत्वको अपेक्षा छ । भेलाको सुरक्षा व्यवस्थापनका लागि अवकाशप्राप्त सहायक रथी विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवक परिचालन गरिने आचार्यले जानकारी दिए ।
राष्ट्रिय कार्यकर्ता भेलाको तयारी’bout जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनलाई लुटपाट, तोडफोड र आगजनीको घटनाका रूपमा व्याख्या गरेको छ ।
गत वर्ष २३ र २४ भदौमा जेनजीले आह्वान गरेको आन्दोलनपछि एमाले नेतृत्वको सरकार सत्ताच्युत भएको थियो । त्यसपछि बनेको अन्तरिम सरकारका गतिविधि तथा विभिन्न आयोगका छानबिन प्रतिवेदनप्रति एमालेले आलोचनात्मक धारणा राख्दै आएको थियो । अन्तरिम सरकारका कतिपय गतिविधिको आलोचना गरे पनि एमाले निर्वाचनमा सहभागी भएको थियो । तर, निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेपछि उसले निर्वाचन प्रक्रियामाथि समेत आलोचना गर्न थालेको थियो ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, अन्तरिम सरकारका गतिविधि र छानबिन प्रतिवेदन’bout एमालेले राख्दै आएको धारणाको पछिल्लो अभिव्यक्तिका रूपमा प्रचार विभागबाट जारी विज्ञप्तिलाई हेरिएको छ । आन्दोलनलाई राजनीतिक परिवर्तनको घटनाका रूपमा मात्र नभई लुटपाट, तोडफोड र आगजनीसँग जोडेर प्रस्तुत गर्नुले त्यसप्रति एमालेको पछिल्लो आधिकारिक दृष्टिकोणलाई थप प्रस्ट पारेको छ ।
सम्बन्धित समाचार
मन्त्रिपरिषद् बैठक बस्दै
‘भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ’
इनम र आईजीपी प्रकरणले विपक्षी एक ठाउँमा
यस्तो छ कर्णालीका मुख्यमन्त्रीको सयदिने रिपोर्ट कार्ड
चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
गृहमन्त्री गुरुङ युएई प्रस्थान
सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ: देउवा
एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने






