काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाहका लागि गोरखा रोजेका छन् । आगामी मंसिर १७ गते हुने विवाहमा उनले गुरुङ समुदायको मौलिक रीतिरिवाज, भेषभूषा र संस्कृतिलाई अपनाउने भएका छन् ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभामा उनले पार्टी प्यालेसको भव्य समारोहभन्दा गाउँमै परम्परागत शैलीमा विवाह गर्ने इच्छा सुनाए ।
विवाहमा अनावश्यक तामझाम र खर्च नगर्ने बताउँदै उनले सीमित व्यक्तिहरूलाई मात्रै सहभागी गराउने जानकारी दिए । पुर्खाको इतिहास र जातीय पहिचान जोगाउन गोरखामा विवाह गर्न लागेको उनको भनाइ छ ।
विवाह हुने क्षेत्रलाई भविष्यमा पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्ने चाहना पनि उनले व्यक्त गरे । आफ्नो विवाहमा रास्वपा सभापति रवि लामिछानेलाई पनि निम्ता दिएको भन्दै उनले लामिछाने विवाह समारोहमा सरिक हुने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
प्रतिनिधिसभा विघटनवारे फैसला नगरेको भन्दै सर्वोच्चप्रति खनिए ओली
काँग्रेसको आधिकारिकता आफ्नो पक्षले पाउनेमा देउवाको विश्वास
विस्तृत शान्ति सम्झौता नेपालको राजनीतिक रूपान्तरणको ऐतिहासिक दस्तावेज : प्रचण्ड
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के-के सहमति र सम्झौता भए ?
अघि बढ्यो जेनजी आन्दोलनको क्षति र परिपूरण आयोग
प्रधानमन्त्रीले भारत भ्रमणकाे उपलब्धि जानकारी गराउनुपर्छ: कांग्रेस
राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा






