काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफ्नो पक्षले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
काँग्रेसको इतर पक्षको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आधिकारिकता आफ्नो पक्षले पाउने अपेक्षा रहेको बताए।
देउवाले पञ्चायतकालमा र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा आफू थुनामा परेको स्मरण गरे। दुवैपटक अदालतको निर्णयबाट थुनामुक्त भएको उल्लेख गर्दै उनले अहिलेको विवादमा पनि सर्वोच्चबाट न्याय पाउने विश्वास रहेको बताए।
डडेलधुराको साधारण परिवारमा जन्मेर पाँच पटक प्रधानमन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै देउवाले अब बाँकी जीवन देश, जनता र लोकतान्त्रिक गणतन्त्रका लागि समर्पित गर्ने बताए। ‘अब दिनुपर्ने मात्रै छ,’ उनले भने।
उनले आगामी निर्वाचनमा बागलुङबाट काँग्रेसलाई ठूलो मतान्तरले जिताउन पनि आग्रह गरे।
सम्बन्धित समाचार
पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने
गगनलाई देउवाले भने: ‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’
एमाले राष्ट्रिय भेला: आन्तरिक एकता कि शक्ति सन्तुलनको अभ्यास ?
स्थानीय तह निर्वाचनवारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई
उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी, अरु को-को तानिँदैछन् ?
ईनम सापकोटालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको मंसिरमा गर्न आयोगको प्रस्ताव






