ढाका । शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ । बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन् ।
सरकारले दक्षिणी जिल्लामा थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल बंगलादेश (बीजीबी) का १२० प्लाटुन देशभर खटाएको छ । बीजीबीका अनुसार फरिदपुरको नौदोबा–भाङ्गा–भाटियापारा राजमार्गमा रुख ढालेर सडक अवरुद्ध गरिएको थियो । अवरोध हटाई सवारी आवागमन सञ्चालन गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हसिनाको गृहजिल्ला गोपालगञ्ज अवामी लिगको प्रभाव क्षेत्र हो । देशका अन्य भागमा पार्टीका कार्यक्रमको प्रभाव कम देखिए पनि त्यहाँ समर्थकहरूले विभिन्न गतिविधि गर्दै प्रदर्शन गरिरहेका छन् ।
हसिनाले सन् २०२६ डिसेम्बर १६ मा बङ्गलादेश फर्किने घोषणा गरेकी छिन् । तर, मृत्युदण्डको सजाय पाइसकेकी उनलाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने सरकारले जनाएको छ । ढाकाले सुपुर्दगी सन्धिअन्तर्गत उनलाई फिर्ता पठाउन भारतसँग औपचारिक अनुरोध गरेको छ । भारतले भने सुपुर्दगी र यात्रा कागजातसहित स्वदेश फर्किने विषय फरक रहेको जनाएको छ ।
हसिनाको घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव र सुरक्षा चिन्ता बढाएको छ । सन् २०२४ मा विद्यार्थी आन्दोलनबाट सरकार ढलेपछि उनी भारत गएकी थिइन् । सन् २०२६ फेब्रुअरी १२ मा भएको निर्वाचनबाट बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको थियो ।
सम्बन्धित समाचार
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
चीनका राष्ट्रपति सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशंका
सेन्जेनमा सि जिनपिङ र पुटिनबीच भेटवार्ता
युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प
इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार
जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन
युक्रेनसँगको युद्धमा ५ लाख रुसी सेना मारिए !






